दफा १३
छनौट समितिको गठन
(१) प्रतिष्ठानको शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस
गर्न एक छनौट समिति रहनेछ ।
(२) छनौट समितिमा देहायका अध्यक्ष तथा सदस्यहरू रहनेछन्ः–
(क) स्वास्थ्य विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा
दश वर्ष काम गरेका वा विशिष्ट श्रेणी वा प्राध्यापकको रुपमा रही
जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूमध्येबाट– अध्यक्ष
(ख) शिक्षकहरूमध्येबाट एकजना – सदस्य
(ग) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (क) र (ख) बमोजिमका अध्यक्ष र सदस्यको मनोनयन सभाले गर्नेछ ।
(४) छनौट समितिको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) छनौट समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(६) छनौट समितिको अध्यक्षको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू र सदस्यको सुविधा
तोकिए बमोजिम हुनेछ ।
(७) छनौट समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।